प्रकाशमान सिंहले गरे डक एण्ड डोरिस रेष्टुरेन्टको उद्घाटन-Sutra News

प्रकाशमान सिंहले गरे डक एण्ड डोरिस रेष्टुरेन्टको उद्घाटन

शुक्रबार, १० असार २०७९

शुक्रबार, १० असार २०७९

राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री  प्रकाशमान सिंहले एक समारोहबीच गरे ।



काठमाडौं महानगरपालिका वडा नम्बर २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । सिंहदरबारको उत्तरपटीको पुतलीडकको किनारामा रहेको पहिलो तल्लाको साहुकाजी छेंमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टको भुईँ तल्लामा पुस्तक पसल रहेको छ । माथिल्लो तल्लामा गोर्खा इको प्यानलको काठमाडौं शाखा कार्यालय रहेको छ ।

डक एण्ड डोरिस रेस्टुरेन्ट प्रालिका प्रबन्धक नीरज मानन्धरले रेस्टुरेन्टमा बिहानको ब्रेकफास्ट, लन्च र डिनर आदि पाइने बताए । रेष्टुरेन्टको मुख्य विशेषताको रूपमा स्वस्थ अनि सस्तो सेवा रहेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट