सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबन्धनको वैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्न निर्देशन दिए लगत्तै मुल्य घटाइएको हो ।
गठबन्धनले सरकारलाई र सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्ने निर्देशन दिएका थिए । निगमको शनिबार बसेको सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल/मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।
यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल/मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।