काठमाडौं – सार्वजनिक यातायातको भाडादर घटेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आइतबार सार्वजनिक यातायातको भाडादर पनि घटाइएको हो । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जनाइएको छ ।
यातायात व्यवस्था विभागले जारी गरेको स्रचना अनुसार यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको हो । भाडादरबारे थप जानकारीको लागी तल सूचनामा हेर्नुहोस्