काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले राजीनामा दिएका छन् । उनले आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा पत्र बुझाएका हुन् । पार्टीको बैठकले सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो ।
यसैबीभ आलेले पनि ४८ घण्टाभित्र आफूले राजीनामा दिने बताउका थिए । सोही अनुसार उनले आज पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएका हुन् । उनले आज नै पत्रकार सम्मेलन पनि आयोजना गरेका छन् ।
उनले पत्रकार सम्मेलनमा आफूले आफ्नो कार्यकालमा गरेका कामका बिषयमा जानकारी गराउनेछन् । पार्टीले गरेको मन्त्रीहरु हेरफेरको निर्णय आज भोलिमा कार्यन्वयन हुनसक्ने बताइएको छ । यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी थालेका छन् ।