राजीनामा दिएको छु, जति समय पाए देश र जनताको पक्षमा काम गरे – आले-Sutra News

राजीनामा दिएको छु, जति समय पाए देश र जनताको पक्षमा काम गरे – आले

आइतबार, १२ असार २०७९

आइतबार, १२ असार २०७९

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफूलाई पार्टीले गरेको निर्णय स्वीकार्य भएको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री आलेले सो कुरा गरेका हुन् ।



उनले आफूले दुई दिनअघि नै ब्याक डेटमा अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा दिएको बताए । उनले भने – ‘अरु मन्त्रीको मलाई थाहा छैन। त्यो उहाँहरुलाई नै सोध्नुहोला। मैले राजीनामा दिइसके’

उनले अध्यक्ष नेपाललाई राजीनामा दिइसकेको र प्रधानमन्त्रीले कार्यान्वयन गर्ने विश्वास गरे । आज राष्ट्रियसभामा जवाफ दिन आएको भन्दै उनले यो दायित्व पूरा भइसकेको बताए । उनले आफूले जति समय पाए देश र जनताको पक्षमा काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट