काठमाडौं । निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफू फेरि पनि मन्त्री बन्न सक्ने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा गरेका हुन् ।
सांसद पद कायमै रहेकाले फेरि पनि मन्त्री बन्न सकिने उनको भनाई छ । मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको भन्दै उनले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।
आफनो चर्को स्वरमा बोल्ने वानी भएकोले कसैलाई सोबाट परेको असरबारे पनि उनले माफी मागे । उनले आफ्नो कार्यकालमा विवादरहित निर्णय काम गरेको दावी पनि गरे ।