काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको अर्थतन्त्र र राजनीतिमा दलाल शक्तिहरु हावी भएको बताएका छन् । सोमबार केन्द्रीय परिषद्को पहिलो बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउका हुन् । भ्रष्टाचार व्यापक मात्रामा मौलाएको भन्दै उनले यो विभिन्न पार्टीमा पनि बढ्दै गएको बताए ।
शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको भन्दै उनले भने – ‘कतै यी शक्ति राष्ट्रहरूको द्वन्द्वको अखडा नेपाल त बन्ने होइन भन्ने कुराले चिन्तित बनाएको छ ।’ उनले एमसीसी, एसपीपीलगायतका नाममा नेपाललाई फसाउने काम भएको पनि बताए ।
निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउदै उनले अब पार्टीमा हामी भन्ने प्रवृत्तिका विकास गर्दै जानुपर्े बताए ।