काठमाडौं – राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प नभएको बताउका छन् । सोमबार नेपालमा समाजवाद स् चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले सो कुरा गरेका हुन् ।
उनले आउँदो चुनावमा कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प नभएको बताए । उनले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको बताए ।
पटक–पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गरेपछि कांग्रेससँग गठबन्धन गर्नु परेको उनको भनाई छ ।