एउटै मञ्चमा रहेका झलनाथ खनाललाई रामचन्द पौडेलले भने – ‘नारा समाजवादको फलाक्ने, रामकुमारीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’-Sutra News

एउटै मञ्चमा रहेका झलनाथ खनाललाई रामचन्द पौडेलले भने – ‘नारा समाजवादको फलाक्ने, रामकुमारीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’

सोमबार, १३ असार २०७९

सोमबार, १३ असार २०७९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको नारा व्यवहार उतार्न आचरण सुधार्नुपर्ने बताउका छन् । सोमबार ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले एउटै मञ्चमा रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनालतर्फ इंगित गर्दै सो कुरा गरेका हुन् ।



उनले खनाललाई रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ भन्दै प्रश्न गरे । उनले कुरा समाजवादको गरेपनि चरित्र अवसरवाद भएको आरोप पनि लगाए ।

उनले भने – ‘समाजवादको कुरा गरेर, के रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? समाजवादतिर जाने भनेर के आचरण चरित्र देखाइरहेका छौं ? नारा समाजवादको फलाक्ने, काम घोर प्रतिक्रियावादी र समान्तवादी गर्ने ? ‘ अब बदलीन जरुरी रहेको भन्दै उनले विरोधाभाषले सबैलाई डुंबाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट