काठमाडौं – बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म कभी इद कभी दिवाली को चर्चा फेरि शुरु भएको छ । यस फिल्ममा साउथ स्टार रामचरण पनि भित्रिएको कुरा चलेपछि धेरैको चासो पनि बढेको छ । यसैबीच सलमान रामचरणको घर पनि पुगेका छन् । सलमान रामचरणको घर पुगेको केही तस्बिर सार्वजनिक भएका छन् ।
तस्बिरमा सलमानसँगै रामचरणको परिवार पनि देखिएका छन् । भारतिय मिडियाका अनुसार सलमानले रामचरणकी श्रीमति उपासना कामिनेनीसँग खाना खाएका थिए । ‘कभी इद कभी दिवाली को छायाँकन अहिले हैदरावादमा भईरहेको छ ।
फिल्ममा भिलेनको भूमिकामा दक्षिण भारतीय अभिनेता जगपति बाबू छन् । फरहाद सामजीको निर्देशन रहेको फिल्ममा जहीर इकबाल, शहनाज गिल, दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे लगायत छन् ।