भूमिको विषयलाई लिए दुई समुदायबीच झडप, बालबालिकासहित ३० जनाको मृत्यु-Sutra News

भूमिको विषयलाई लिए दुई समुदायबीच झडप, बालबालिकासहित ३० जनाको मृत्यु

मंगलबार, १४ असार २०७९

मंगलबार, १४ असार २०७९

एजेन्सी – क्यामरुनको दक्षिण पश्चिम क्षेत्रमा भूमिको विषयलाई लिएर दुई समुदायबीच भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको छ ।



अक्वाया क्षेत्रमा ओलिती र मेसागा इकोल समूहहरूबीचको झगडा हिंसात्मक झडपमा रुपान्तरण भएको क्यामरुनको प्रेस्बिटेरियन चर्चका प्रवक्ताले बताए । चर्चले सार्वजनिक गरेको तस्बीरमा शव यत्रतत्र फैलिएको अवस्थामा देख्न सकिन्छ ।

अक्वाया जिल्लाका सञ्चार अधिकारी ओकुमो आङ्वाका अनुसार शनिबार बाकिनजाव गाउँमा अन्त्येष्टि समारोहमा विवादपछि सुरु भएको हिंसा आइतबार पनि जारी रहेको थियो ।

आक्रमणकारीले मानिसलाई जिउँदै जलाउनेदेखि शिर छेदन गरेको उनले जानकारी दिए । आक्रमणकारीले पुनः दुई दिनपछि फर्किएर नरसंहार मच्चाउने चेतावनी दिएका सो क्षेत्रको प्रतिनिधित्व गर्ने एक सांसदले बताएका छन् । दुर्गम क्षेत्रमा भएको सो घटनाको अनुसन्धान गर्न केही समय लाग्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट