अफगान भूकम्पमा मालिक गुमाएको कुकुरको हृदयविदारक तस्बिरले ट्वीट प्रयोगकर्ताको मन थामिएन-Sutra News

अफगान भूकम्पमा मालिक गुमाएको कुकुरको हृदयविदारक तस्बिरले ट्वीट प्रयोगकर्ताको मन थामिएन

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

अफगानिस्तानमा गत साता गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । भूकम्पको भग्नावशेषमा पुरिएका मानिसहरुको उद्धार कार्य जारी छ । भूकम्पले मानिस मात्र होइन, घरपालुवा जनावरलाई पनि ठूलो असर गरेको छ ।



भत्किएको घरकोबीचमा उभिएको एउटा कुकुरको तस्बीर एक प्रयोगकर्ताले  ट्वीटर पोस्ट गरेपछि सहानुभूतिको वर्षा भएको छ । समिरा एसआरद्वारा पोस्ट गरिएको यस तस्बीरले विनाशकारी भूकम्प पछिको दृश्य देखाउँछ ।

‘यो कुकुरको घरमा भएका प्रत्येक व्यक्ति भूकम्पमा मारिएका थिए। उसलाई खुवाउन र पाल्नका लागि छिमेकीहरूले आफूसँगै लिएर गएका थिए । तर, ऊ बारम्बार भत्किएको घरमा फर्केर रुन थाल्छ’, तस्बीरको क्याप्सनमा लेखिएको छ । पोष्टका अनुसार यो तस्बिर पक्तिकाको गायनस्थित ओचकी गाउँमा खिचिएको हो ।
आफ्नो मालिकहरूको लागि खोजी गरिरहेको कुकुरको हृदयविदारक छविले ट्विटर प्रयोगकर्ताहरूले आँसु चुहाएका छन् । तिनीहरूमध्ये धेरैले कुकुरलाई पाल्ने प्रस्ताव पनि गरेका छन् ।  एक प्रयोगकर्ताले भने, ‘हामी मानिस कुकुरको योग्य छैनौं ।’

‘आशा छ उसले पहिले जस्तै माया गर्ने र हेरचाह गर्ने मालिक भेट्टाउनेछ ।  अफगानिस्तानमा जे भयो त्यसबाट निराश छु ।  प्रभुले सबैलाई बल दिनुहुन्छ’, अर्का प्रयोगकर्ताले लेखे ।

बुधबार आएका ६ दशमलब १ म्याग्निच्युडको भूकम्पका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै दर्जर्नौ ं घर भत्किएका थिए ।

भूकम्पको धक्का भारत र पाकिस्तासम्म महशुस भएको थियो । स्थानीय समयअनुसार बिहान साढे १ बजे खोस्ट सहरबाट ४४ किलोमिटर टाढा उक्त भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट