काठमाडौँमा १४ जनामा हैजा देखियो, पहिलो बिरामीको अवस्था अत्यन्त जटिल-Sutra News

काठमाडौँमा १४ जनामा हैजा देखियो, पहिलो बिरामीको अवस्था अत्यन्त जटिल

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

काठमाडौँ – काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घरफर्किएको जानकारी दिए ।



हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उgLहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट