प्रदेश नं १ : प्रमुख सचिवको बिदाइ-Sutra News

प्रदेश नं १ : प्रमुख सचिवको बिदाइ

बुधबार, १५ असार २०७९

बुधबार, १५ असार २०७९

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले  प्रदेश प्रमुख सचिव डा रामप्रसाद घिमिरेको आज बिदाइ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बिदाइ समारोहमा उहाँले डा घिमिरेसँग छोटो समयमात्रै सहकार्य गर्न पाए पनि उल्लेखनीय कार्यको गर्नुभएको बताउनुभयो ।



मुख्यमन्त्री राईले सचिव घिमिरेमा भद्रता, शालीनताजस्ता केही लोभलाग्दा गुण आफूले पाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सचिव घिमिरे विषय विज्ञका रूपमा पूर्ण हुनुहुन्छ ।”

बिदाइ हुनुभएका सचिव घिमिरेले प्रदेशमा कार्यरत रहँदा आफूले सबै क्षेत्रबाट सहयोग पाएको उल्लेख गर्दै निजामती प्रशासन सधैँ सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । सचिव घिमिरे प्रदेशबाट सरुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जानुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट