मुख्यमन्त्री पाण्डेलाई हटाउन सत्ता गठबन्धनकै कांग्रेस र माओवादी केन्द्रले थाले हस्ताक्षर संकलन-Sutra News

मुख्यमन्त्री पाण्डेलाई हटाउन सत्ता गठबन्धनकै कांग्रेस र माओवादी केन्द्रले थाले हस्ताक्षर संकलन

बिहिबार, १६ असार २०७९

बिहिबार, १६ असार २०७९

काठमाडौं – बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन सुरु गरिएको छ । नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेशको मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डेलाई हटाउन बिहीबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।



मुख्यमन्त्रीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकार चलाउने सहमति गरेका थिए । सोही अनुसार एकीकृत समाजवादीका पाण्डेलाई मुख्यमन्त्रीबाट हटाउन गठबन्धनकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन शुरु गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले कांग्रेसलाई मुख्यमन्त्री हस्तान्तरण गर्नुपर्नेमा सहमति कार्यान्वयन नगरे दुवै पार्टीकाले हस्ताक्षर संकलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट