काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) फुट्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच कुरा नमिलेपछि पार्टी फुटको नजिक पुगेको हो ।
बुधबार उनीहरुबीच भेट भएको बताइएको छ । बुधबार साझँ डा। भट्टराईले उपेन्द्रलाई छलफलका लागि बोलाएका थिए । भेटमा डा. भट्टराईले अलग हुने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा उपेन्द्र सहमत भएको स्रोतको भनाई छ ।
वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भएपनि त्यो नहुने देखिएपछि अलग हुनुपर्ने भट्टराईको भनाई थियो । उनीहरुबीच सहमतीमै अलग हुने कुरा भएको निकट स्रोतको भनाई छ । अहिले पार्टीको अवस्था हेर्दा उपेन्द्रको पक्षमा बहुमत रहेकोले उनकै पार्टीको आधिकारिकता रहने अनुमान छ । यता, भट्टराईले भने नयाँ पार्टी बनाउन सक्ने अनुमान लगाइन्छ ।