निर्वाचन आयोगमा दर्ता भयो रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’-Sutra News

निर्वाचन आयोगमा दर्ता भयो रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

शुक्रबार, १७ असार २०७९

शुक्रबार, १७ असार २०७९

काठमाडौं – राजनीतिमा होमिएका सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।



केही स्वतन्त्र उम्मेदवारहरुले पार्टीको नामप्रति विरोध जनाउँदै उजुरी दिए पनि आयोगले नाम दर्ता गरिदिएको हो । अब लामिछाने नेतृत्वको पार्टीको चुनावचिन्ह गोलाकारभित्रको घण्टी नै हुने भएको छ ।

पार्टीको दर्ता भएको पत्रकार सम्मेलनमा लामिछानेले प्रस्तावित चुनावचिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको बताए ।

आयोगले पार्टीको नाम १८७ नम्बरमा दर्ता गरेको छ । लामिछानेले पार्टी गठन गरेपछि स्वतन्त्र शब्दले स्वतन्त्रबाट उठ्नेहरुलाई समस्या पर्ने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट