काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०को कार्यकारिणी समितिको बैठक शनिवार बस्ने भएको छ ।
बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ सङ्गठन गठनलगायतका बिषयमा छलफल हुने कार्यकारिणी सदस्य उमाशङ्कर अरगरियाले बताएका छन् ।
समितिले पार्टी विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाइसकेको छ । सो विधानको मस्यौदामाथि शीर्ष नेताको बीचमा छलफल भइसकेको छ । त्यसलाई कार्यकारिणी समितिबाट पास गराइएर निर्वाचन आयोगमा बुझाउने तयारी गरिएको छ ।