काठमाडौ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनले देश नबन्ने बताएका छन् । शुक्रबार नेकपा एमाले काभ्रेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा नेता पोखरेलले सो कुरा गरेका हुन् ।
अहिलेको आवश्यकता राजनीतिक ध्रुवीकरण भएको र गठबन्धन नभएको उनको भनाई छ । राजनीतिक परिवर्तनका लागि दलहरूको गठबन्धन आवश्यकरहेको तर मुलुक निर्माण र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको उनले बताए ।
उनले भने – ‘राजनीतिक परिवर्तनका लागि दलहरूको गठबन्धन आवश्यक छ तर मुलुक निर्माण र समृद्धिका लागि गठबन्धन उपयुक्त होइन आवश्यक छैन । यो केवल सत्ताको लुछाचुँडी र अवसर बाधको झुन्ड हो ।’
‘ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन सक्छ रु’– उनले भने – ‘यो निर्दलीय सरकार हो । अदालतले बनाएको सरकार हो । दलको समर्थनमा होइन सांसदहरुको समर्थनमा बनेको सरकार हो । लोकतन्त्रमा यस्तो हुन्छ रु’