जनताको दु:ख सुखमा एकाकार भएर काम गर्नुपर्छ – गोकुल बास्कोटा-Sutra News

जनताको दु:ख सुखमा एकाकार भएर काम गर्नुपर्छ – गोकुल बास्कोटा

शुक्रबार, १७ असार २०७९

शुक्रबार, १७ असार २०७९

काठमाडौ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले जनप्रतिनिधिहरूले जनताको दु:ख सुखमा एकाकार भएर काम गर्नु पर्ने बताएका छन् । शुक्रबार नेकपा एमाले काभ्रेले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिदै नेता बास्कोटाले सो कुरा गरेका हुन् ।



पार्टीले टिकट दिएर निर्वाचित भए पनि सबै जनताको पक्षमा काम गर्नु पर्ने उनको भनाई छ । यस्तै एमाले नेता शंकर पोखरेलले राजनीतिक परिवर्तनका लागि मात्र दलहरूको गठबन्धन आवश्यक रहने बताएका छन् ।

गठबन्धनले देश नबन्ने भन्दै पोखरेलले यो केवल सत्ताको लुछाचुँडी र अवसर बाधको झुन्ड मात्र भएको बताए । राजनीतिक परिवर्तनका लागि दलहरूको गठबन्धन आवश्यक भए पनि मुलुक निर्माण र समृद्धिका लागि गठबन्धन आवश्यक नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट