बेलायत सरकारको एउटा पत्रले रोकियो भुतपुर्व बेलायती गोर्खा सेनाको आमरण अन्सन-Sutra News

बेलायत सरकारको एउटा पत्रले रोकियो भुतपुर्व बेलायती गोर्खा सेनाको आमरण अन्सन

आइतबार, १९ असार २०७९

आइतबार, १९ असार २०७९

काठमाडौं-बेलायत र नेपालबीच हुने भनिएको सरकारस्तरीय (जिटुजी) वार्ता सेप्टेम्बर दोस्रो साताभित्र शुरु हुने भएको छ। भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि पहिलो चरणको वार्ता बस्ने गरी अघि बढ्ने बेलायत सरकारले लिखित प्रतिवद्धता जनाएसँगैवार्ता शुरु हुने भएको हो । यसका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायत सरकारले दूतावासलाई पत्र लेखेर सेप्टेम्बर दोस्रो सातासम्ममा वार्ता शुरु गर्न तयार रहेको बताए ।



शनिबार लन्डन दूतावासमा गोर्खा सत्याग्रह संघर्ष समितिका प्रतिनिधिहरुसंग आचार्यले छलफल गरेका थिए । सेप्टेम्बर १५ भित्रै पहिलो वार्ता बस्ने र नोभेम्बरसम्ममा निष्कर्षमा पुग्न बेलायत तयार भएको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए । वार्ता शुरु गर्ने वाताबरण् तयार भएसँगै गोर्खाहरुले सकारात्मक रुपमा लिएका छन्। वार्ता तय नभए यही जुलाई २१ बाट सामूहिक आमरण अनसन बस्ने घोषणा गरिसकेको सत्याग्रह समितिले अहिलेलाई अनसन स्थगन गर्ने भएको छ।

समय तोकेर वार्ता शुरु गर्न बेलायत सरकार राजी हुनुलाई सकरात्मक रुपमा लिइएको राईले बताए । वार्ता अघि नबढेर अब फेरि अनसन बस्ने अवस्था सिर्जना भए प्राविधिक संयन्त्रको सिफारिशलाई पूर्ण कार्यान्वयन नभएसम्म कुनै सम्झौता नगर्ने स्पष्ट अडान उनले दोहोर्‍याए। यसअघि जुलाई १ भित्र वार्ताको मिति तय नभए जुलाई २१ बाट सामूहिक आमरण बस्ने चेतावनीसहित सत्याग्रह समितिले बेलायती रक्षामन्त्री बेन वालेसलाई अल्टिमेटम(पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट