काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले स्थानीय तहको निर्वाचनमा कमजोर नतिजाको परिणाम पार्टीभित्रकै गुटबन्दी भएको बताएका छन् । आइतबार प्रज्ञा भवन कमलादीमा भएको पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले सो कुरा गरेका हुन् । उनले निर्वाचनमा कमजोर नतिजाको परिणाम हुनुमा पार्टीभित्रकै गुटबन्दी र असहयोग भएको बताए ।
उनले निर्वाचनमा गठबन्धन गरेर काँग्रेसबाट धोका भएको महसुस भएको पनि बताए । उनले भने – ‘हामीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर काँग्रेसबाट धोका भएको महसुस भएको छ । हामीले आगामी दिनमा शिक्षा लिनुपर्नेछ ।’
स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा उम्मेदवारी दिन नसक्दा पनि पार्टी पछि परेको उनको भनाई छ । उनले भने – ‘धेरै ठाउँमा उम्मेदवारी दर्ता नै गरेनौँ, पहिलेको निर्वाचन र अहिलेको तुलनात्मक अध्ययन गरेर कमी कमजोरी विश्लेषण गर्नेछु ।’ उनले गठबन्धनलाई कसरी अगाडि लाने भन्ने विषयमा छलफल भइरहेको बताए ।