सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने-Sutra News

सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९

काठमाडौं – सनराइज बैंकका ग्राहकले कार्डमा आफ्नै फोटो राख्न पाउने भएका छन् । त्यसका लागि बैंकले कस्टमाइज्ड फोटो कार्डको सुरुवात गरेको जानकारी दिएको छ ।



बैंकले सन् २०१० की सीएनएन हिरो अवार्ड तथा सन् २०१७ को पद्मश्री पुरस्कार विजेता अनुराधा कोइरालालाई पहिलो कस्टमाइज्ड कार्ड उपलब्ध गराएर यसको सुरुवात गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमै कोइरालालाई कार्ड हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट