४० विद्यार्थी सवार बस खाेंचमा खस्दा १६ जनाको मृत्यु-Sutra News

४० विद्यार्थी सवार बस खाेंचमा खस्दा १६ जनाको मृत्यु

सोमबार, २० असार २०७९

सोमबार, २० असार २०७९
एजेन्सी – भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् ।

कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए । बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट