काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकमा ओलीले सम्बोधन गर्न लागेका हुन् ।
आजको संसद् बैठकमा अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई ओलीले स्पष्ट पार्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
यस्तै अर्थ मन्त्रालयबाट बजेटका सूचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय पनि ओलीले बोल्ने उनले बताए ।