अमेरिकामा आज पनि गोली चल्यो- ६ जनाको मृत्यु, २४ घाइते-Sutra News

अमेरिकामा आज पनि गोली चल्यो- ६ जनाको मृत्यु, २४ घाइते

मंगलबार, २१ असार २०७९

मंगलबार, २१ असार २०७९

न्युयोर्क-अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएका थिए ।



गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट