काठमाडौँ । माओवादी केन्द्रबाट मन्त्री बनेका जनार्दन शर्मा पटकपटक विवादमा परेका छन् । कहिले सिसिटिभी प्रकरण त कहिले व्यक्तिगत रिसिभिका कारण सरकारी कर्मचारीलाई हटाउने खेलका कारण ।
शर्मालाई अहिले ठुलै नैतिक संकट परेको छ ।
केही समयअगाडी गभर्नर अधिकारीलाई व्यक्तिगत रिसिइवीका कारण स्वार्थ साँध्नका लागि छानबिन समिति गठन गरी निलम्बित गरिएको थियो। अर्थमन्त्री शर्माको प्रस्तावका आधारमा मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न र काममा फर्किन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो।
अधिकारी फर्किने भएपछि अर्थमन्त्री शर्मालाई राजीनामा गर्नका लागि माओवादी नेता कार्यकर्ताले सार्वजनिक रुपमा नै आह्वान गरेका थिए ।
उक्त मुद्दामा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष केही बोलेनन् । जबकी आफ्नो मन्त्रीलाई संकट पर्दा अध्यक्ष बोल्नैपर्थ्यो ।
त्योपछि फेरी उनी अर्को गम्भीर नैतिक संकटमा परेका छन् । बजेट भाषणअगाडीको दिन अर्थ मन्त्रालयमा अर्कै मान्छे छिरेर करको दरमा हेरफेर गरेको भन्दै छानबीन माग गरिएको थियो । तर उनले विज्ञप्तिमार्फत त्यो झुटो भएको दाबी गरेका थिए । यसमा पनि प्रचण्ड चुपचाप रहे ।
अर्थ मन्त्रालयले सो दिनको भिडियो डिलेट गरेको जानकारी दियो । एकातिर भिडियो डिलेट गर्दा उनको नियतमाथि ठुलै प्रश्न उठ्यो भने अर्को तर्फ कम्तीमा ३ महिनासम्म राख्नुपर्ने भिडियो फुटेज १३ दिनमा नै डिलेट गरेका कारण नियममाथि नै जनार्दनले लात हाने ।
आफ्नो मन्त्री बारम्बार नैतिक संकटमा पर्दा पनि प्रचण्डले कुनै प्रतिक्रिया नदिनु गम्भीर विषय हो ।
अहिले केन्द्रीय समितिको बैठक चलिरहेको छ । उनले त्यसमा पनि केही बोलेका छैनन् ।