जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा-Sutra News

जोनसनलाई एकपछि अर्को झट्का, थप दुई मन्त्रीले दिए राजीनामा

बुधबार, २२ असार २०७९

बुधबार, २२ असार २०७९

लन्डन–बेलायतमा थप दुई मन्त्रीले राजीनामा दिएका छन् । बालबालिका र परिवारमन्त्री विल क्विन्स र कनिष्ठ यातायातमन्त्री लौरा ट्रटले बुधबार राजीनामा दिएका हुन् ।



क्विन्सले राजीनामा दिनुको ‘विकल्प नभएको’ बताएका छन् भने ट्रटले सरकारमा ‘विश्वास’ गुमेको कारण राजीनामा दिएको बताइन् । यसअघि अर्थमन्त्री र शिक्षामन्त्रीले राजीनमा दिएका थिए ।

प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर मन्त्रीहरूले धमाधम राजीनामा दिएका हुन् । एकपछि अर्को मन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिस जोनसन थप दबाबमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट