काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले ५ दलिय गठबन्धन टुटाउन ठूलै षडयन्त्र भइरहेको बताएका छन् । बिहीबार नेपाली कांग्रेस स्याङ्जाले आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण कार्यक्रममा नेता खड्काले सो कुरा गरेका हुन् । स्थानीय तहको निर्वाचनको परिणामपछि नेकपा एमाले अझ बढी यसमा क्रियाशील रहेको उनले बताए ।
गठबन्धनको सरकार भएकाले कांग्रेसले मात्र एक्लो निर्णयले काम हुन पूरा नहुने भन्दै उनले संविधानले दिएको अधिकार पूर्णतः कार्यान्वयनका लागि कांग्रेसले दुई तिहाई मत ल्याउनुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस पहिलो पार्टीको रूपमा स्थापित भएको पनि बताए ।
उनले भने – ‘झण्डै दुई तिहाई मतको नजिकका तत्कालीन सरकार निर्माणपछि प्रधानमन्त्री केपी ओलीले विभिन्न कालखण्डमा मुलुकको संविधानलाई खलबल्याउने, जनताका हकअधिकार माथि अंकुश लगाउने, सबै निकायलाई आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने प्रयास गरे।’