गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन-Sutra News

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

शुक्रबार, २४ असार २०७९

शुक्रबार, २४ असार २०७९

जापान – गोली प्रहारबाट गम्भीर घाइते भँएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उनी माथि गोली प्रहार भएको हो ।



नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् । यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट