काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् । उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् ।
साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्काे नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।