

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज ट्विटमार्फत आबेको हत्याको भत्र्सना गर्दै निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले ट्विटरमा भन्नुभएको छ, “जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर भत्र्सना गर्दछु । उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”
उहाँको आज बिहान गोली हानी हत्या भएको हो ।