दक्षिण अफ्रिकाको ६५० हेक्टर क्षेत्रमा जमिनमा लागेको भीषण आगलागी नियन्त्रणमा -Sutra News

दक्षिण अफ्रिकाको ६५० हेक्टर क्षेत्रमा जमिनमा लागेको भीषण आगलागी नियन्त्रणमा 

आइतबार, २६ असार २०७९

आइतबार, २६ असार २०७९

दक्षिणी फ्रान्समा ६५० हेक्टर क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको त्यहाँको फायर सर्भिसले जनाएको छ । दक्षिणी गार्ड क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा लिन विमानको सहयोगमा ९५० जना अग्नि नियन्त्रक तैनाथ गरिएको थियो ।



अब महत्वपूर्ण चरण बितिसकेको फायर सर्भिसका प्रवक्ता लेफ्टिनेन्ट कर्नल एरिक एग्रिनियरले बताए । ‘अहिलेको लागि आगो नियन्त्रणमा छ । यसको मतलब यो अब फैलिन सक्छ भन्ने हामीलाई लाग्दैन’ उनले थपे ।

मोन्टपेलियर र भूमध्यसागरीय तटबाट ९० किलोमिटर उत्तरमा रहेको क्षेत्रमा करिब ५२० जना अग्नि नियन्त्रक जमिनमा रहेको उनले बताए ।
यसअघि स्थानीय प्रिफेक्टको कार्यालयले यस क्षेत्रका करिब १०० जनालाई हलिडे होम र रेष्टुरेन्टहरूमा राखिएको बताएको थियो।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट