काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे बालुवाटारस्थित डा। कोइरालाको सम्पर्क कार्यालयमा बस्ने बताइएको छ ।
सभापति शेरबहादुर देउवा पक्षधरविरुद्ध आक्रमक तयारीमा रहेको यस समूहले १४ औँ महाधिवेशनपछि असन्तुष्टि जनाउदै आइरहेको छ ।
महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको यस समूहका नेताहरुले बताउदै आइरहेका छन् । यस भन्दा अघि बसेको कोइरालाको पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमा सहभागी हुने निष्कर्ष निकालेको थियो ।सोमबार केन्द्रीय समितिको बैठक पनि बस्देछ ।