मधेस प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित-Sutra News

मधेस प्रदेशसभाबाट कर तथा गैरकर सम्बन्धी विधेयक पारित

आइतबार, २६ असार २०७९

आइतबार, २६ असार २०७९

जनकपुरधाम -मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गरे ।



बैठकमामा अर्थमन्त्री साहले आर्थिक विधेयक २०७९ प्रस्तुत गरेका थिए। यसअघि हिजो शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो । विधेक पारित भएसँगै प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जलेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट