सरकारको काम, कारबाहीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्ने, देउवामाथि दबाब सृजना गर्ने-Sutra News

सरकारको काम, कारबाहीबारे शेखर पक्षले केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्ने, देउवामाथि दबाब सृजना गर्ने

आइतबार, २६ असार २०७९

आइतबार, २६ असार २०७९

काठमाडौं – नेपाली का‌ग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ ।



आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने निष्कर्ष निकालेको हो ।

यस्तै कोइराला पक्षधरले केन्द्रीय सदस्यहरूले भातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने निर्णय समेत गरेको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भातृ संस्थाका शिखर पक्षीय नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।

बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम, कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट