श्रीमतीको फेसबूक एकाउन्टमा फलोअर बढ्न थालेपछि पतिले गरे आत्महत्या-Sutra News

श्रीमतीको फेसबूक एकाउन्टमा फलोअर बढ्न थालेपछि पतिले गरे आत्महत्या

आइतबार, २६ असार २०७९

आइतबार, २६ असार २०७९

भारतको जयपुरमा एक महिलाले सामाजिक सञ्जालमा फोटो र भिडियो शेयर गर्दै फलोअरको संख्या बढाएपछि ज्यान गुमाउनुपरेको छ ।



पत्नीको फेसबूक अकाउन्टमा ६ हजारभन्दा बढी फलोअर भएका थिए र उनी मोबाइलमा व्यस्त रहन थालेकी थिइन् । पत्नीको बानीबाट आजित पतिले षड्यन्त्र गरेर पत्नीको हत्या गरे ।

आमेरमा रक्तरञ्जित महिलाको लाश फेला परेपछि प्रहरीले पति अयाज अहमदलाई पक्राउ गरेको छ ।

घटनाको खुलासा गर्दै एसीपी क्राइम अशोक कुमार गुप्ताले दिल्ली हाईवेमा माता मन्दिरको सडक किनारमा महिलाको रक्तरञ्जित शव फेला परेको बताए । महिलाको स्कूटी र हेल्मेट पनि सँगै रहेकाले त्यसबाट पहिचान खुलेको उनको भनाइ छ ।

प्रहरीका अनुसार, महिलाको हत्यापछि पहिचान लुकाउन टाउकोलाई ढुंगाले किचिएको थियो । महिलाको नाम नैना उर्फ रेशमा मंगलानी हो र उनी जयसिंहपुरामा बस्थिन् ।

प्रहरीले परिवारका मानिससँग सोधपुछ गर्दा उनीहरूले पतिमाथि शंका गरे । दुई वर्षअघि रेशमा र अयाजले गाजियाबादमा गएर आर्य समाजमा बिहे गरेका थिए । रेशमा हिन्दू हुन् भने अयाज मुसलमान । अयाजले भनेपछि रेशमाले निकाह पनि गरिन् ।

उनीहरूको तीन महिनाको छोरा पनि छ ।

आरोपित अयाजले पत्नीको चरित्रमा शंका गर्ने गरेको प्रहरीको कथन छ । बिहे भएदेखि नै उनीहरूको विवाद चल्ने गरेको र रेशमा विगत एक वर्षदेखि पतिबाट अलग्गिएर बस्न थालेको बताइएको छ ।

अयाजले हत्याको योजना बनाएर रेशमालाई टाढा लगेको थियो । दुवैजनाले रक्सी पिए अनि अयाजले ढुंगाले टाउको किचेर रेशमाको हत्या गर्‍यो ।

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट