सांघाइमा अत्यधिक तापक्रम बढेपछि रेड अलर्ट जारी-Sutra News

सांघाइमा अत्यधिक तापक्रम बढेपछि रेड अलर्ट जारी

सोमबार, २७ असार २०७९

सोमबार, २७ असार २०७९

एजेन्सी – चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ ।



सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ । आइतवार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो ।

सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५ तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइकोे तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट