नबिल र एनबी बैंकको एकीकृत कारोबार सुरु-Sutra News

नबिल र एनबी बैंकको एकीकृत कारोबार सुरु

सोमबार, २७ असार २०७९

सोमबार, २७ असार २०७९

नबिल बैंक र नेपाल बंगलादेश(एनबी) बैंकको एकीकृत कारोबार आजबाट सुरु भएको छ । नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गरेसँगै आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।



दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबार हुन लागेको हो ।

नबिलले एनबी बैंकलाई प्रतिसेयर ४३ रुपैयाँका दरले गाभेको हो । जसअनुसार एनबी बैंकका सेयरधनीहरुले एनबीको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् । यस्तै, नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा ४ अर्ब ३३ करोड रुपैयाँ थपिने छ।

२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार एनबी बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ भने कर्जा विस्तार ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्नेछ।

एनबी प्राप्तिपश्चात् नबिल बैंकको शाखा सञ्जाल दुई ५४ पुग्नेछ । त्यसैगरी, नौ महिनाको संयुक्त खुद नाफा चार अर्ब ४६ करोड रुपैयाँ हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट