काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रियसभामा पेस गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक आजभोलिमा नै फिर्ता हुने बताएका छन् ।
सोमबार कांग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) ले आयोजना गरेको भेलामा बोल्दै नेता थापाले सो कुरा गरेका हुन् ।उनले संवैधानिक परिषद्सम्बन्धी विधेयकको आलोचना भएकाले फिर्ता हुने बताए ।
उनले यसबारे आफूले पार्टी सभापति शेरबहादुर देउवासँग पनि आग्रह गरेको र उनले विधेयक तत्कालै फिर्ता लिने विश्वस्त पारेको बताए । उनले हिजो कांग्रेसले गलत भनेको कुरा आज पनि गलत नै हुने बताए ।