सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराए सभामुखले-Sutra News

सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराए सभामुखले

सोमबार, २७ असार २०७९

सोमबार, २७ असार २०७९

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।



सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने । शून्य, र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजीविकाको विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट