काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद सम्बन्धि विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरेपछि उनले यस्तो माग राखेका हुन् ।
‘संविधानको अक्षर र भावना बिपरित सरकारले राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद सम्बन्धि बिधेयकको बिरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
उनले सरकारलाई संविधान अनुकुल चल्न पनि आग्रह गरेका छन् । ‘सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होईन बरु संविधान अनुकुल चल्ने र संपिधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन,’ सचिव भट्टराईले भनेका छन् ।