शिन्जो आबेको आज अन्तिम संस्कार गरिने-Sutra News

शिन्जो आबेको आज अन्तिम संस्कार गरिने

मंगलबार, २८ असार २०७९

मंगलबार, २८ असार २०७९

टोकियो – जापानले मंगलबार शिन्जो आबेको अन्तेष्टि गर्ने तयारी गरेको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या भएको थियो । ६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ गर्मीको परबाह नगरी ठूलो संख्यामा मानिस उपस्थित भएका थिए ।



शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए । बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएका थिए । उनको हत्यापछि जापान स्तब्ध बनेको छ । आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट