काठमाडौं – हाँस्य कलाकार दीपेन्द्र प्रसाईं पेसाले शिक्षक हुन्। बिगत १४ वर्षदेखि शिक्षण पेसा गर्दै आएका प्रसाईं अभिनयसँगै उनी सुकेधारास्थित बागमती कलेजमा ५ वर्षदेखि पढाउँदै आएका छन्। पछिल्लो समय केदार घिमिरे ‘माग्ने बूढा’को निर्देशनमा प्रसारण भइरहेको टेलिभिजन शो ‘कमेडी हब’मा पनि जोडिएका थिए। प्रसाईंले ‘कमेडी हब’को पहिलो भागमा यमराजको भूमिकामा अभिनय गरेकै कारण जागिरबाट बाग्मती कलेजले आफूलाई निष्कासन गरेको गुनासो गरे। पहिलो शोमा यमराजको भूमिका निर्वाह गरेका उनले यसको स्क्रिप्ट आफैंले लेखेका थिए।
पहिलो भागमा कलेज र बोर्डिङ स्कुलमा हुने विकृति, विसंगतिमाथि व्यंग्य गरिएको थियो। कलाकारिताबाट समाजको विकृति, विसंगतिविरुद्ध बोलेको भन्दै कलेजबाट निकालिएपछि आफ्नो आत्मसम्मानमा ठेस पुग्यो भन्दै उनी मिडियामा आएका हुन्। उनै प्रसाइको गुनासो सुनेसंगै हामीले बाग्मती कलेजका प्रिन्सीपल नारायण सिटौला संग टेलीफोन बर्ता गरेका थियौं । टेलीफोन बार्ताका क्रममा हामीले प्रिन्सीपल सिटौलालाई तपाइले ‘कमेडी हब’ मार्फत ब्यग्य गरेकै कारण शिक्षक दीपेन्द्र प्रसाईलाइ कलेजबाटै निष्काशन गर्नु भयो रे नी हो भनी सोधेका थियौ ? शिक्षक दीपेन्द्र प्रसाईलाइ कलेजबाट निष्काशन गरीएको भन्ने विषयमा प्रिन्सीप सिटौला यसो भन्छन् उनकै शब्दमा ।
हामीले उहाँलाई निष्काशन गरेका छैनौ । खास कुरा यस्तो हो । उहाँले पहीले पनि हाम्रो कजेलमा पार्ट टाइमकै रुपमा पढाउने गर्नुहुन्थ्यो र बिचमा हामीले उहाँलाई फुल टाइम पढाउन दिएका थियौं । फुल टाइम पढउने गर्न थालेपछि उहाँले हामीलाई समय दिन सक्नु भएन धेरै बिदा बस्न थाल्नुभयो । हाम्रो मेजर कार्यक्रमहरुमा पनि उहाँको सहभागीता कम हुन थाल्यो त्यसपछि हामीले उहाँलाई तपाइले समय दिन सक्नुभएन पार्ट टाइम गर्नु भनेको हो । यदी विश्वास लाग्दैन भने कलेज प्रशासनमै आएर पनि थप बुझ्न सक्नुहुन्छ । उहाँलाई हामीले निकालेको पनि होईन ।
बरु उहाँ आफैले के फण्डा क्रियट गर्नु भएछ भनेनी त्यो कमेडी हबमा एउटा यमराजको रोल खेलेको अनि त्यसैकारण मलाई निकाले भनेर अनाबश्यक सेन्टीमेन्ट खालको प्रोपोगाण्डा बनाउनु भएछ । सब झुट हुन् त्यस्ता कुराहरु । म त प्रिन्सिपल भैहाले तपाई कलेजनै आएर उहाँको अरु शिक्षक सहपाठी र बिद्यार्थीहरुसंग पनि बुझ्न सक्नुहुन्छ उहाँको रेगुलारीटी पंङ्चालीटी थिएन । त्यसकारण तपाईले फुल टाईम समय दिन सक्नुभएन अब तपाई पार्ट टाइम गर्नु भनेको हो ।
एउटा संस्थाले कसैसंग फुल टाईम लिईसकेपछि त्यो समयको सहयोगको त अपेक्षा गर्छनी होइन ः त्यसकारणले तपाई पार्ट टाईम गर्नुस् फुल टाइम तपाईले भ्याउनु भएन मात्रै भनेको हो । तर उहाँजस्तो मान्छे यस्तो खालका कुराहरुमा चै लागेर हिड्नुभयो । मीडीयामा थोरै सेन्टीमेन्ट दीयो भने भाईरल भइन्छ भन्ने सोचले त्यसरी हिड्नुभयो होला मेरो सोच अनुसार । एउटा संस्थाले तपाई पार्ट टाईम काम गर्नुस भन्दैमा उहाँ यसरी अतिरञ्जित तरिकाले जानुभयो । उहाँको कुरामा केही सत्यता छैन । तपाईहरुले पनि उहाँको मात्र कुरा सुन्नु भएन ? बास्तबीकता बुझ्नुपर्छ ।
यहाँ आएर बास्तबीकता बुझ्नुभयो भने उहाँ कस्तो खालको टीचर हो भन्ने तपाई आफैले बुझ्नुहुन्छ । उहाँले यस कलेजमा पढाउन थाल्नुभएको चार वर्ष पुरा भएर पाँच लाग्यो होला । उहाँ यस कलेजको मात्र अकाउन्ट शिक्षक हो । हामीले उहाँलाई हेड अफ डिर्पाटमेन्ट भनेर तोकेका पनि छैनौं । उहाँले यस कलेजको ११ कक्षाका बिद्यार्थीहरुको फाईनल परिक्षाको कपि पनि फर्काउनु भएको छैन तर हामीले उहाँलाई जेठ सम्मको सबै तलब पनि दइिसकेका छौं । उहाँ हाम्रो यस कलेजमा आउनुभन्दा पहीले लीभरपुल भन्ने संस्थामा आबद्ध हुनुहुन्थ्यो त्यहाँ पनि उहाँको निरन्तरता नभएकोले त्यहाँबाट पनि उहाँलाइ डिस्कन्टीनीउ गर्दीनु भएको रहेछ । हामीले उहाँलाई एउटा जिम्मेवारी दिएका थियौं । त्यो जिम्मेवारी उहाँले पुरा गर्न सक्नुभएन ।
संस्थाले फुल टाईम भनेर पेय गरिसकेपछि संस्थाले त त्यही अनुसारको जिम्मेवारी खोज्छनी त । कोरोनाको समयमा घरबाटै अनलाइन क्लास पढाएको पनि हामीले उहाँलाई फुल स्यालरीनै दीएका छौं अरु कति संस्थाहरुले नदीएको अबस्थामा पनि । उहाँको मोबाइल अहीले स्विच अफ छ मैले कतिचोटी फोन गरे । दुईचोटी त म्यासेजनै गरे कपी फिर्ता गरीदिनुस् भनेर । तर उहाँ संग सातआठ वटा सिमकार्ड छन् अरे मैले बुझे अनुसार ।
उहाँले कपी फिर्ता नगरेकै कारण हामीले रिजल्ट गर्न सकेका छैनौ । एउटा जिम्मेवार ब्यक्तिलाई आफ्नो दायीत्व सिकाइरहनै पर्दैन कसैले पनि । भाइरल हुनको लागि मिडीयामा गएर सेन्टीमेन्ट तरीकाले प्रोपोगाण्डा मच्चाउनु भएको हो । मैलै तापाई अब पार्ट टाइम मात्र काम गर्नु भनेको दिन उहाँले फुल टाईम नगर्ने मान्छेले पार्ट टाईम गर्छर भनेर म संग छाडा तरीकाले प्रस्तुती भएर जानुभएको हो । उहाँको अझै धेरै कुराहरु छन् यसरी फोनमा सबै कुरा भन्नुभन्दा तपाई यही आएर एकचोटी थप कुराहरु पनि बुझ्दीनुहुन अनुरोध गर्छु ।