निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आजबाट छानबिन-Sutra News

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आजबाट छानबिन

मंगलबार, २८ असार २०७९

मंगलबार, २८ असार २०७९

काठमाडौं – तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ ।



संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो ।

मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट