सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज हुने-Sutra News

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज हुने

मंगलबार, २८ असार २०७९

मंगलबार, २८ असार २०७९

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभ्ने ÷गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।



सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको १ कित्ता सेयर बराबर सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १ कित्ता (१ः१) हुने भएको छ ।

त्यस्तै, प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तफबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरू एवं वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट