काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले वैधानिक बैठक आफूको भएको बताएका छन् । मंगलबार आफू पक्षको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सो कुरा गरेका हुन् । जसपा वैकल्पिक शक्ति भनेर निर्माण गरेको भन्दै उनले यो पार्टीलाई बचाउँदै यहाँसम्म ल्याउने मूल पङ्क्ति आफूहरुसँग भएको बताए ।
पार्टीलाई फुटबाट जोगाउने श्रेय आफूहरूले पाउने अवसर रहेको उनले बताए । उनले आफूहरूको बैठकलाई अवैध भने त्यो इतिहासकै झुट हुने समेत बताए। उनले बैठकमा आफूहरूसँग बहुमत रहेको दाबी पनि गरे ।
उनले भने “संघ प्रदेश र केन्द्रका नेता र संख्याको बहुमत हामीसँग छ । यो पार्टीलाई फुटबाट जोगाउने श्रेय हामीलाई छ । कसैले यो बैठक अवैध भन्छ भने त्यो इतिहासलाई झुट हो,” उनले थपे, “उपेन्द्र ९यादव०जीले बिनासल्लाह वीरगन्जमा बैठक बोलाउनुभएको छ । कतिपयले बाबुरामले भाग खोज्यो भने ।”
यस्तै बैठकमा उनले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । यस्तो पेस गरेको प्रतिवेदनको पूर्णपाठ –