२ वर्षको छोरा २७ लाखमा बेचेर प्रेमिकासँग डेटिङमा जाने यी निर्दयी बाउ-Sutra News

२ वर्षको छोरा २७ लाखमा बेचेर प्रेमिकासँग डेटिङमा जाने यी निर्दयी बाउ

मंगलबार, २८ असार २०७९

मंगलबार, २८ असार २०७९

चीनमा एक पिताले आफ्नो दुई वर्षे बच्चालाई बेचेर त्यसबाट आएको पैसाले प्रेमिकासँग देशभ्रमण गरेका छन् । ती व्यक्तिले पत्नीसँग पारपाचुके लिएका थिए र बच्चाको स्याहार गर्न सकेका थिएनन् । त्यसपछि उनले सन्तान बेच्ने निर्णय लिए ।



चच्याङ लिगल डेलीले दिएको खबरअनुसार, सी थर भएका यी व्यक्ति जतिखेर पनि पत्नीसँग झगडा गरिरहन्थे । त्यसपछि उनीहरूबीच पारपाचुके भयो । उनीहरूका दुई सन्तान छन् । महिलाले छोरी राखिन् अनि पुरुषले छोरा राखे ।

सीले छोरोलाई चांग्सु शहरमा बस्ने एक जोडीलाई बेचिदिएका थिए । उनले लगभग २७ लाख रुपैयाँमा छोरो बेचेका हुन् । त्यत्तिका रकम पाएपछि उनी प्रेमिकासँग देशभ्रमण गर्न निस्केका थिए ।

बच्चाको कुनै खबर नपाएपछि अनि सीले पनि फोन नउठाएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि प्रहरीले अनुसन्धान गरी सीलाई पक्राउ गरेको थियो । उक्त व्यक्तिले पत्नीसँग मिलेर पहिला पनि दुई छोरीहरू दुई परिवारलाई बेचेको आरोप छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट