नेता सालिक स्तम्भ र भ्यू टावरमा भुल्दै, जनता महँगीको चपेटामा पेलिदै-Sutra News

नेता सालिक स्तम्भ र भ्यू टावरमा भुल्दै, जनता महँगीको चपेटामा पेलिदै

बुधबार, २९ असार २०७९

बुधबार, २९ असार २०७९

फेरी एक पटक देश तात्तिएको छ । महँगीको चर्काचर्की सेलाउन नपाउँदै राजधानी केन्द्रित मेयरले ऱ्यापरको शालिक बनाऊछु भन्ने उदघोष गरेसँगै देश प्रदेशको माहोलमा ब्यापक प्रश्न चिन्ह खड़ा भएको छ। हुन त मेयर बालेन्द्र शाहको जित सँगै उनको चर्चा परिचर्चा नचलेको पक्कै होइन।



फोहोर मैला ब्यस्थापनको चाँजोपाजो नमिलाउँदै उनी यसरी गनाए की कहिले ुनेपहपको श्रीपेचु काण्ड त कहिले ुमकै काण्डु त अहिले आएर सालिक काण्डले थप बढवा दिएको भान हुन्छ। हुन त हाम्रो परिबेशमा बजेटको नाम मात्र आफ्नो हातमा हुने बित्तिकै पावर, प्रेस्टीज र पपुल्यारिटीको लिगेसीले नछोड़ने रहेछ । यो अहिलेको बजेट सँगै नेपाल भरीनै प्रष्ठ देखियो। सम्मान दिने निहुँले आफु कहाँ र के गर्नु पर्छ र अहिलेको प्राथिमकता के छ भनेर पनि बुझ्न नसक्नु कहाँसम्म लज्जास्पद हो। पुरानै ढर्राको देखियो रक्सी पुरानो तर बोतल नयाँ ! आखिर जति नै रक्सी पुरानो उति नै कड़ा ! बोतल नयाँ मात्र देखेर फरक नपर्ने रहेछ, हेर्दा राम्रो पाकेको रातो स्याऊँ भित्र कुहेको स्याउ।

के पि ओलीको भ्यू टावरको एक राज नसकिदै आजकल फैशननै आए जस्तो गरी बजेट कहाँ कसरी खर्च गरु भनेर हुटहुटी नै उही पुरानै लिगेसी धाने जस्तो गरी स्मारक, स्तम्भ र सालिक जस्ता बिषयमा परेको छ। के यस्ता खालका सानो तीनो मूर्ति ,गेट जस्तो बनाएर कस्तो लोकप्रियता हासिल गर्न खोजेको हो यो अत्यन्त गम्भिर छ। मेयरले अहिले कसलाई बढ़ी प्राथमिकता दिनु पर्ने हो त्यस तर्फ ध्यान गएन वा उनले ठानेन् । हुन त उही मेयरले गौतम बुद्ध, बिष्णु, शिव भगवानका सालिक बनाऊछु भने अहिले जस्तो रमितो नहोला।आखिर हाम्रो हिन्दूत्व धार्मिक सोच त्यही नै छ। मात्र गौतम बुद्धका ठाउँमा यम बुद्ध हुन पुग्यो र बिरोध र आलोचना खेप्न पुगे।

सती प्रथा हटेको १०२ बर्ष भई सकेको छ । यस्तो ठुलो योगदान दिने चन्द्र समशेर हुन् । जसको हामीले गुणगान गाऊनुको सट्टा राणाको बिरोध गर्दै हिड्यौ । धेरै नराम्रा काम मध्य राम्रा कामको पनि प्रसंसा गर्न सिकौ न हो। के सत्तामा जाने बितिकै उसले सालिक, स्तंभ र पार्क बनाउनुनै पर्ने हो त रु आज बालेन्द्रले आफ्नो बिधाको ऱ्यापरको बनाउलान् भोली कुनै दोहोरि गायकका गए भने के उनले ज्योति मगरको बनाउने हो त रु समग्र बुझाई यो हो की जसले देश ,राष्ट्रीय अन्तर्राष्टीय तहमा ख्याति पुराउंन ठुलो भूमिका खेलेको छ । त्यसलाई प्रतिमा या शालिक राखेर प्रसंसा दिनु उचित होला।

हामीले निरंकुश राणा शासन, पंच्यात बहुदल हुदै यहाँ सम्म आई सकेका छौ। राणाका चंद्र समशेर हुन या त्रिभुवन महेन्द्रसम्मका शालिक ठड्याएका देख्यौ र यसलाई निमठान्न पारेको पनि देख्यौ । के आउने सन्ततिले अहिले बनाएका सालिक प्रचण्ड पुत्रका होस् या ऱ्यापर यम बुद्धका सालिकलाई पनि निमठान्न पार्लान भन्न सकिन्न।

किन की हामी त्यही देशका नागरिक हौ जसले आफ्ना स्वार्थका लागी केहि ब्यक्ति बिशेषका पहुँचका आधारमा देशका लागी बलिदान दिने सहिदलाई पनि बाकीँ छोडेका छैनौ। बास्तबिक सहिदका मूर्ति फालेर आजकल बिना केहि संघर्ष र योगदान दिनेको नामको मूर्ति, पार्क र गेट बनाउने तर्फ अघि सरेका छौ। जवाफदेहि र लज्जा नभए पछि गर्न पो के सकिन्छ र जबकी हेर्न र बोल्न समेत निषेध भए पछि !

अहिले देखिएको नाताबाद,कृपाबाद,दलीयबादले यसरी झांगिएको छ । जसलाई हेर्न बोल्न र सुन्न समेत अप्ठयारो छ। भ्रस्टाचार, लूटपाट महँगीले जनताको ढाड़ यसरी सेकेको छ । अब यो श्रीलंका जस्तो गरी जनता पुनः सडकमा आउने दिन धेरै छैन। भर्खरै मात्र गण्डकी प्रदेश सरकारको आर्थिक बजेट सार्बजनिक भयो यसले पनि उही दलीयबाद र नाताबाद झल्केको प्रष्ट छ। स्मृति कोष, पितृ,ट्रस्ट,प्रतिष्ठान र पार्क जस्ता असम्बेदंनसिल बिषयमा बजेट छुट्टीनु कहाँ सम्म सत्ता मोह भन्ने देखिन्छ। ढिलै भए पनि आलोचना खेपेर छुटाईएका बजेट सही सदुपयोग गर्ने भनेर सामाजिक सञ्जालमा आए पछि सेलाएको छ।

धन्न पर्वतका नेता अर्जुन जोशीका पिता अमृत जोशीको प्रतिमा बनाउने भनेर बजेट आएको रहेनछ। पार्क र सालिकका नाममा बजेट आउनुले उनको कांग्रेसी लिगेसीलाई मात खुवाउने पक्का थियो।बेलैमा ध्यान पुर्याए सही गरे तर यही यसरी आफूलाई आत्मसम्मान र ठेस लाग्ने थाहा भएपछि बजेट अगावै किन यो बारेमा सोच्न नसकेको होला प्रश्न अनुत्तरित नै छ।जुन केन्द्रदेखि प्रदेशसम्मको साझा समस्या हो भनेर फरक नपर्ला।

गण्डकीमा शिक्षा स्वस्थ्य सञ्चार रोजगार जस्तो महत्वपूर्ण क्षेत्रमा बिकास गर्न बाकीँ रहदा किन पारिवारिक प्रतिष्ठानमा राज्य को ब्रह्मलूट गर्ने हिम्मत, छुट कसरी आएको होला के अव यस्ता क्रियाकलापमा जिम्मेवारी ,जवाफदेही र खबरदारी गर्न सकिने ल्याकत हामी सँग छ होला त रु केन्द्र देखि प्रदेश तह सम्म आऊदा अझै कस्ता कस्ता समस्या सँग जुध्न पर्ने हो थाहा छैन ? यसको चिन्ता किन खाड़ी मुलुकमा दिन रात पसिना बगाउने श्रमिकलाई ? के प्रबासी नेपाली मात्र देशको बिषयमा चासो र चिन्ता लिने काम गर्छन् यो बारेमा समाज टोलका हरेक नेपालीको उत्तिनै भूमिका छ की ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट