जसपामा ठुलै फण्डा- उपेन्द्र शक्तिशाली, बाबुराममाथि कारबाहीको ‘डण्डा’-Sutra News

जसपामा ठुलै फण्डा- उपेन्द्र शक्तिशाली, बाबुराममाथि कारबाहीको ‘डण्डा’

बुधबार, २९ असार २०७९

बुधबार, २९ असार २०७९

काठमाडौँ । पछिल्लो समय जनता समाजवादी पार्टी फुटको संघारमा हिँडेको छ ।



पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पछिल्लो टकरावका कारण जसपाको किचलो थप पेचिलो बन्दै गएको हो ।

उपेन्द्र र बाबुराम संगै बस्न नसक्ने स्थितिमा पुगिसकेका छन् । पार्टी औपचारिक रुपमा फुट्दै छ ।

अब कसको पक्षमा बहुमत जाला र को बढी शक्तिशाली होलान भन्ने विषयले मात्र चर्चा कमाएको छ ।

दुवैजना शक्तिशाली बन्ने होडमा लागेका छन् ।

उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेतालाई अनुशासनकाे कारबाही गर्ने प्रस्ताव पेश गरेका छन्  । उनेको प्रस्ताव पारित समेत भइसकेको छ ।

अध्यक्ष यादवले बैठकका लागि १० वटा एजेण्डा प्रस्तुत गरेका छन्। उनले पेश गरेका सबै एजेण्डाहरु पारित भइसकेका छन् ।

अबको दिनमा विधान संशोधन गरेर उपेन्द्र थप शक्तिशाली बन्ने तयारीमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट